Loading...
ब्रेकिङ न्युज समाचार

एकै पटक ४ छोरा छोरीलाई हेर्नुहोस । आमालाई डेँगु लाग्यो । बुवा भन्छन्-बच्चा फाल्न आँटेका थियौं (भिडियो हेर्नुस)

काठमाण्डौ – धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु)लाई जन्मदिएकी छिन् । २७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाण्डौ मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँकी उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिनुभयो ।

Loading...

आठ महिनाको गर्भलाई उहाँ लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । अहिले ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात चार शिशुको तौल क्रमश : १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न यो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले जानकारी दिनुभयो ।

Loading...

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका डा. कार्कीले बताउनुभयो । ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading...
Loading...